सभामुख सापकोटाको आँखाको शल्यक्रिया सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सभामुख सापकोटाको आँखाको शल्यक्रिया सम्पन्न

sabhamukh sapkota

काठमाडौं, २४ असार । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाको बुधबार मोतियाबिन्दुको शल्यक्रिया भएको छ । काठमाडौंस्थित तिलगंगा आँखा अस्पतालमा उहाँको दायाँ आँखाको शल्यक्रिया गरिएको हो ।

वरिष्ठ चिकित्सक डा. सन्दुक रुइतसहितको टोलीले बिहान १०ः३० बजे शल्यक्रिया गरेको उहाँको सचिवालयले जनाएको छ । केही समययता उहाँको आँखामा समस्या देखिएको थियो । चिकित्सकहरुको सल्लाहमा उहाँको शल्यक्रिया गरिएको हो ।

उपचारका क्रममा लागेको सबै खर्च राज्यकोषमा व्ययभार नपर्नेगरी सभामुख सापकोटा स्वयम्ले व्यहोर्नु भएको सचिवालयले जनाएको छ ।

सभामुख सापकोटाले शल्यक्रियामा संलग्न वरिष्ठ चिकित्सक डा. रुइतसहितको चिकित्सक टोली र तिलगंगा आँखा अस्पताल परिवारप्रति आभार व्यक्त गर्नुभएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);