५० हजारको झोला फिर्ता गर्दा अटो चालकलाई ५ हजार पुरस्कार | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

५० हजारको झोला फिर्ता गर्दा अटो चालकलाई ५ हजार पुरस्कार

विकास डाँगी,
दाङ । दाङमा एक जना अटो चालकले यात्रुले अटोमा छोडेर गएको ५० हजार नगद सहितको झोला फिर्ता गरेका छन् ।

घोराही उपमहानगरपालिका १८ गिठेपानी बस्ने रा १ ह २५८७ नम्बरको अटो चालक प्रेम बहादुर नेपालीले अटोमा यात्रुले छोडेर गएको ५० हजार नगद सहितको झोला प्रहरीलाई बुझाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मंगलबार मध्यान्ह करिब साढे १२ बजेतिर घोराही उपमहानगरपालिका १५ निवासी ८३ वर्षीय दुर्गा प्रसाद अधिकारीले उक्त अटोमा पैसा सहित अटो बिर्सिएर झरेका थिए ।

घोराही १४ स्थित नेपाल बैंक लिमिटेडबाट रकम निकाली अधिकारी उक्त अटो चढी निमा हल नजिकै रहेको ग्लोबल ल्याबमा चेकचाँज गर्न गएका थिए । उनले कागजपत्र सहित रकम राखेको झोला नाम नम्बर थाहा नभएको अटोमा छुटेको भनी तत्काल वडा प्रहरी कार्यालय दाङमा जानकारी गराएको थिए ।

तर, अटो चालक नेपालीले आफ्नो अटोमा छुटेको झोला वडा प्रहरी कार्यालयमा आएर बुझाएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । इमान्दारिता पूर्वक उक्त पैसा सहितको झोला प्रहरीलाई बुझाएको भन्दै चालकलाई अधिकारीले नगद ५ हजार पुरस्कार दिएका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);