दाङमा पैसा र सुनसहित झोला फिर्ता गर्ने अटो चालकलाई सम्मान | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

दाङमा पैसा र सुनसहित झोला फिर्ता गर्ने अटो चालकलाई सम्मान

दाङ । दाङमा एक जना अटो चालकलाई प्रहरीले सम्मान गरेको छ । आफ्नो अटोमा एक जना यात्रुले पैसा र गहना सहितको झोला बिर्सिएर गएपछि उक्त झोला ति चालकले प्रहरीलाई बुझाएका थिए ।

शुक्रबार घोराही १३ बसपार्क देखि तुलसीपुर चोक सम्म रा १ ह २१५३ नम्बरको अटोमा जादा रोल्पा रुन्टिगढि गाउपालिका-७ की ३० कि मतिकला बूढा उक्त झोला बिर्सिएर गएकी थिइन् । उनको उक्त झोलामा नगद ३७ हजार र एक तोला सुनको सिक्री रहेको थियो ।

उक्त अटो चालक घोराही १३ का २९ वर्षीय राम प्रसाद झाँक्री मगरले सकुशल जिल्ला प्रहरी कार्यालय घोराही दाङमा बुझाएका थिए । उनले इमान्दारपूर्वक उक्त पैसा र गहना सहितको झोला प्रहरीलाई बुझाएपछि उनलाई सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता एवं डीएसपी मुकुन्द प्रसाद रिजालले जानकारी दिए ।

त्यसपछि प्रहरीले बुढाको पहिचान गरी नगद र गहनासहितको उनको झोला हस्तान्तरण गरेको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);