पोखरामा पुरुष बेपत्ता | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

पोखरामा पुरुष बेपत्ता

पोखरा । पोखरा महानगरपालिका –१५ ढुङगेसांघु निवासी नर बहादर बस्नेत बेपत्ता भएका छन् ।

घरबाट बिहान निस्किएका उनी अहिले सम्म परिवारको सम्पर्क मा आएका छैनन् । परिवार र स्थानीय छिमेकीको सहयोगमा खोज्दै जाँदा उनले लगाएको चप्पल र माक्स पोखरा १५ पट्नेरीको चौतारीमा भेटपछि प्रहरी लाई खबर गरिएको थियो ।

ससस्त्र प्रहरी , नेपाल प्रहरीले खोजेपनि अहिलेसम्म भेटाउन सकेको छैन । चप्पल र माक्स भएको ठाउँमा लछारिएको हुनाले सेतीमा खसेर खोलाले बगाएको हुनसक्ने रामबजारका प्रहरी निरिक्षक बिक्रम कुंवरले जानकारी दिएका छन् ।

अन्दाजी ६०- ६५ वर्षीय उनी ३ दिनदेखि सेती खोलाको किनारमा रहेको चौतारीमा दिनभर बसेको र उनी त्यहीँबाट खसेको हुन सक्ने स्थानीयले बताएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);