पार्टी विधि सम्मत रुपमा शसक्त ढंगले अघि बढ्छ : रवीन्द्र मिश्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पार्टी विधि सम्मत रुपमा शसक्त ढंगले अघि बढ्छ : रवीन्द्र मिश्र

काठमाडौं, २८ पुस । विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले पार्टी विधि सम्मत रुपमा शसक्त ढंगले अघि बढ्ने बताएका छन् । शनिबार ललितपुरको बखुनडोलस्थित पार्टी कार्यालयमा पत्रकारहरुसंग कुरा गर्दै संयोजक मिश्रले पार्टी कत्ति पनि आफ्नो मार्गबाट विचलित नभई मुल्य मान्यता सहित अघि बढ्ने प्रतिवद्धता व्यक्त गरे ।

पार्टी फुटपछि आफुहरुको यात्रामा केही समस्या आएपनि यात्रा अवरुद्ध नहुने उनले दाबी गरे । राष्ट्रिय मद्दामा हस्तक्षपकारी भुमिका निर्वाह गर्दै पार्टीको संगठन विस्तारमा लाग्ने उनले बताए ।

उनले पार्टी भित्रनै केही समय अघि देखि पार्टी फुटाउने चलखेल भईरहेको बताए । पार्टी फुट गराउने मनसायले चलाईएको भ्रमलाई नै पार्टी भित्रका केही सदस्यले सत्य हो भन्ने बुझेपछि समस्या भएको उनको तर्क थियो ।

बुझाईमा एकरुपता नभएपनि तत्काल पार्टी फुटको चरणमा पुग्छ भन्ने आफुलाई नलागेको पनि उनले उल्लेख गरे । विवेकशीलबाट आएका उज्जल थापा लगायत समुह पार्टी विधि र प्रक्रियाबाट अघि नबढेको भन्दै अलग भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);