भवन संहिता पालना गर्न सबै नगरपालिकाहरुलाई सरकारको निर्देशन | ईमाउण्टेन समाचार

Our Network

जेठ ११ २०८३, मंगलबार

भवन संहिता पालना गर्न सबै नगरपालिकाहरुलाई सरकारको निर्देशन

sahari bikash

काठमाडौं, २४ पुष । सरकारले भवन संहिता पालना गर्न सबै नगरपालिकाहरुलाई कडा निर्देशन दिएको छ । सहरी विकास मन्त्रालयका प्रवक्ता शम्भु केसीले भवन संहिता अक्षरक्ष पालना गर्न सबै नगरपालिकालाई कडा निर्देशन दिएका हुन् ।

सोमबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले नगर विकासलाई व्यवस्थित बनाउन सरकारले दिएको निर्देशन पालना नगरे विपद व्यवस्थापनमा कठिनाई हुने बताए ।

सहरी विकास मन्त्रालयले नगरहरुलाई व्यवस्थित बनाउन सहरी विकास योजना सबै स्थानीय तहसम्म कार्यान्वयनमा लैजाने तयारी पनि गरेको छ ।

कार्यक्रममा बोल्दै राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. जगदिशचन्द्र पोखरेलले नीति निर्माण उपयुक्त नभएकै कारण सहरी विकास योजना कार्यान्वयनमा ल्याउन कठिनाई हुने देखिएको स्पष्ट पारे ।

उनले स्थानीय जनताको माग अनुसार नीति निर्माण गरेर सहरी विकास योजनालाई प्रभावकारी तरिकाले अघि बढाउन ढिलाई गर्न नहुनेमा जोड दिए ।

सरकारले सबै जिल्लामा सहरी विकास योजना कार्यान्वयनमा लैजान आवश्यक नीतिगत व्यवस्था गरिरहँदा विज्ञहरुले स्थानीय आवश्यक्तालाई सम्बोधन गर्न सरकारलाई सुझाव दिएका हुन । उनीहरुले विकासका योजनाहरु स्थानीय जनताको मागलाई ध्यानमा राखेर बनाउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराएका छन् ।

ताजा समाचार