काँग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माणका लागि पहल गर्ने | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

काँग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माणका लागि पहल गर्ने

काठमाडौं, १८ असोज । सत्तारुढ दल नेपाली काँग्रेसले लोकतान्त्रिक गठबन्धन निर्माणका लागि पहल गर्ने भएको छ । पार्टी केन्द्रिय कार्य सम्पादन समिति बैठकले एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीच पार्टी एकीकरण गर्ने सहमति मुलुकको हितमा नरहेको निष्कर्ष निकाल्दै लोकतान्त्रिक गठबन्धन निर्माण गरेर अघि बढने निर्णय गरेको हो ।

आन्तरिक एकतालाई जोड दिएर लोकतान्त्रिक गठबन्धन निर्माण गरी संविधान कार्यान्वयनको राष्ट्रिय कार्यभारलाई पूरा गर्न लागि पर्ने निर्णय गरिएको नेता डा. प्रकाशशरण महतले जानकारी दिए ।

बैठकले लोकतान्त्रिक, देशभक्त शक्तिहरुबीचको गठबन्धनद्धारा एमाले, माओवादी केन्द्र र नयाँ शक्ति पार्टीबीचको चुनावी तालमेललाई परास्त गर्न सकिने निष्कर्ष समेत निकालेको छ ।

बैठकले लोकतान्त्रिक शक्तिहरुको गठबन्धन निर्माण गर्ने जिम्मेवारी प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवालाई दिएको छ । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको तयारीको कामलाई अघि बढाउन काँग्रेसले विहिबार पनि केन्द्रिय कार्य सम्पादन समिति बैठक बोलाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);