उपेन्द्र यादवलाई जिताउन प्रचण्ड,देउवा र नेपाल बारा जाँदै | ईमाउण्टेन समाचार

Our Network

जेठ २५ २०८१, शुक्रबार

उपेन्द्र यादवलाई जिताउन प्रचण्ड,देउवा र नेपाल बारा जाँदै

काठमाडौं, ७ वैशाख । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरु आज बारा जादैंछन् । आगामी वैशाख १० गते हुने उपनिर्वाचनका उम्मेदवार जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवको पक्षमा माहौल बनाउन नेताहरु बारा–२ तर्फ लागेका हुन् ।

आज बारा २ मा सत्ता गठबन्धनले ११ बजे बृहत आमसभा आयोजना गरिएको छ । उक्त आमसभालाई सम्बोधन गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र लोसपाका अध्यक्ष महन्थ ठाकुर महागढीमाई जादैंछन् ।

उपनिर्वाचनमा गठबन्धनबाट यादव, जनमत पार्टीबाट शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट रमेश खरेल, नेकपा एमालेबाट पुरुषोत्तम पौडेल लगायतका उम्मेदवार छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);