उपेन्द्र यादवका लागि उपचुनाव 'डु अर डाई' | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

उपेन्द्र यादवका लागि उपचुनाव ‘डु अर डाई’

काठमाडौं, ४ वैशाख । प्रचण्ड नेतृत्वको सरकारमा जनता समाजवादी पार्टीबाट एकजना मात्र मन्त्री पठाइएका छन् अशोक राई । जसपाको भागमा परेको बाँकी एक मन्त्रीमा कसैलाई पनि पठाइएको छैन र उपनिर्वाचन अघि कसैको नाम जाने सम्भावना पनि छैन । कारण हो उपेन्द्र यादवको सरकारमा सहभागी हुने चाहना ।

सप्तरीबाट जनमत पार्टीका अध्यक्ष सीके राउतसँग दोब्बरभन्दा बढी मतान्तरले पराजित यादवलाई संसदमा पुगेर मन्त्री बन्ने छटपटी चलेकै थियो । पहिलोपटक चुनाव हारेका यादव पटक पटक मन्त्री बनिसकेका छन् ।

सत्ता पुग्न उनले रणनीतिक चाल चले । बारा २ बाट चुनाव जितेका रामसहाय प्रसाद यादवलाई उपराष्ट्रपतिमा बढाएर सिट खाली गराए । जहाँ उनी चुनाव लड्दैछन् ।
बारा २ मा यादव समुदायको मत उल्लेख्य छ । उनलाई त्यही आशा छ । अर्कोतर्फ, प्रचण्डको साथ पाउनेमा ढुक्क छन् । तर, नेपाली काँग्रेसको मत निर्णायक छ ।

बारा २ मा उपेन्द्रलाई रोक्न बढेका छन् सीके रात । उनले माओवादी केन्द्रबाट पराजित शिवचन्द्र कुशवाहालाई अगाडि बढाएका छन् । कुशवाहा रामसहाय यादवबाट मंसिर ४ को चुनावमा मात्र ३५४ मतले पराजित भएका थिए । उनी माओवादी छाडी राउत नेतृत्वको जनमतमा आवद्ध भएर उपचुनावमा उम्मेदवार खडा भएका छन् ।

उपेन्द्रलाई बारा २ को चुनाव जितेमा उपप्रधानमन्त्री बन्ने आशा छ । वन मन्त्रालयमा उनको प्रवेश हुनसक्छ । चुनावमा पराजित भए ठूलो धक्का लाग्छ । त्यसैले उपेन्द्रले सारा शक्ति बारा २ मा केन्द्रित गरेका छन् ।

सीके राउतले पनि बारा २ मा सारा शक्ति केन्द्रित गरेका छन् । मधेशमा यादव भर्सेस राउत भएको छ अहिले ।

रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीबाट पूर्वडिआइजी रमेश खरेल पनि घण्टी बोकेर बारा २ पुगेका छन् । बलियो संगठन रहेको नेकपा एमालेले पुरुषोत्तम पौडेललाई सारेको छ । यसकारण पनि बारा २ मा उपेन्द्रलाई चुनौती छ । अरुले हारेमा केही गुमाउने छैनन् उपेन्द्रले हारेमा मधेशको राजनीतिबाट पकड गुमाउन पुग्ने अवस्था बन्नेछ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);