संवेदनशील घडिमा स्तरहिन राजनीति होइन् शम्भु भाइका लागि प्रार्थना गरौंः रवि लामिछाने | ईमाउण्टेन समाचार

Our Network

जेठ १४ २०८३, शुक्रबार

संवेदनशील घडिमा स्तरहिन राजनीति होइन् शम्भु भाइका लागि प्रार्थना गरौंः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफुलाई चोट लागेको बेला सहानुभूति र प्रार्थनाको साटो नुन चुक बोकेर नआउन आग्रह गरेका छन् ।

घरको छतबाट खसेर गम्भिर घाइते भएका सवारी चालक दिलबहादुर थापा (शम्भु)को पछिल्लो अवस्थामा केहि सुधार आएको जानकारी दिदै रविले यस्तो अवस्थामा स्तरहिन बनेर राजनीतिकरण नगर्न आग्रह गरेका छन् ।

‘सक्नु हुन्छ भने मलाइ सहने शक्ति मात्रै दिनुहोला । मेरो सहयोगी, मेरो साथी,मेरो भाइ शम्भु अस्पतालको शैयामा संघर्ष गरिरहेको छ। उसकालागि प्रार्थना गरिदिनु होला। स्वास्थ्य लाभको कामना गरिदिनु होला। राजनीति गर्न सिङ्गो जीवन छ, यस्तो संवेदनशील घडिमा मौका नछुप्नु होला,’ रविले भनेका छन् ।

रविले आफु नेता भन्दा पहिला मानिस रहेको भन्दै प्रहरी पनि अनुसन्धानमा रहेको जानकारी दिएका छन् । रविले यस्तो बेला आफुमा बोल्ने कुनै शब्द नरहेको भनेका छन् ।

Leave a Reply