माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८३, शनिबार

माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा

काठमाडौं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्र संसद सचिवालयमा बुझाएको छ। बुधबार बिहान उक्ता ब्यहोराको पत्र बुझाईएको हो।

माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले संसद सचिवालय पुगेर सो पत्र बुझाएका हुन् ।

२०७५ साल जेठ ३ गते तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरण भएपछि नेकपा बनेको थियो। तर २०७७ साल फागुन २३ गते सर्बोच्च अदालतले दुबै पार्टीको अस्तित्व जगाईदिएपछि उनीहरु अलग भएका हुन् ।

बुधबारबाट सो पार्टीले औपचारिक रुपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समर्थन औपचारिक रुपमा फिर्ता लिएको छ।

प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधिसभामा विश्वासको मत लिने तयारी गरेका छन् ।

Leave a Reply