सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन नाउपाले दियो संसद् सचिवालयमा निवेदन | ईमाउण्टेन समाचार

Our Network

जेठ ८ २०८३, शनिबार

सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन नाउपाले दियो संसद् सचिवालयमा निवेदन

काठमाडौँ ।
नागरिक उन्मुक्ति पार्टी नाउपाले प्रतिनिधि सभामा सत्तापक्षमाबस्ने जानकारी संसद् सचिवालयलाई दिएको छ । जसको लागि नाउपाले सत्तापक्षमा सिट व्यवस्थापन गरिदिन सभामुख देवराज घिमिरेलाई पत्र लेखेको हो।

नाउपाले असार २२ गते केपी शर्मा ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रतिपक्षमा बस्न सिट व्यस्थापनका लागि पत्र दिएको थियो भने त्यसपछि प्रतपक्षमा बस्दै आएको थियो।त्यसको ४५ दिनपछि हिजो अध्यक्ष रन्जिता श्रेष्ठले सत्तापक्षमा रहने जानकारीसहित संसद् सचिवालयलाई निवेदन दिएको संसद् सचिवालय स्रोतले बताएको छ ।यो विषयमा आज बसेको कार्यव्यवस्था समितिको बैठकमा पनि छलफल भएको थियो ।

 

Leave a Reply