रेशमलाल चौधरीलाई अर्को झट्का | ईमाउण्टेन समाचार

Our Network

चैत १८ २०८०, आइतबार

रेशमलाल चौधरीलाई अर्को झट्का

काठमाडौं,२५ फागुन । निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी नाउपाको अध्यक्षमा रेशमलाल चौधरीको नाम अद्यावधिक गर्न अस्वीकार गरेको छ । नागरिक उन्मुक्ति पार्टीको २७ पुसमा कैलालीको टीकापुरमा भएको महाधिवेशनबाट सर्वसम्मत अध्यक्ष चयन भएका रेशम चौधरीको नाम अद्यावधिक गर्न निर्वाचन आयोगले अस्वीकार गरेको हो ।

महाधिवेशनबाट अध्यग चयनभएपछि नाउपाले दलको अभिलेख अद्यावधिक गरिदिन २९ माघमा दिएको निवेदनमाथि निर्वाचन आयोगले बिहीबार निर्णय दिँदै चौधरीलाई नाउपाको अध्यक्ष मान्न अस्वीकार गरेको हो । आयोगका अनुसार राजनीतिक दलसम्बन्धी ऐनको व्यवस्था अनुसार नाउपाको निर्वाचन आयोगमा यसअघि रहेको अभिलेख अद्यावधिक हुन नसक्ने निर्णय भएको छ । निर्वाचन आयोगमा भएको अभिलेखमा नाउपाको अध्यक्षमा रञ्जिता श्रेष्ठ चौधरीको नाम छ ।

कैलालीको टीकापुरमा २०६२ भदौमा ७ जना सुरक्षाकर्मी र एक नाबालकको मृत्यु हुने गरी भएको हिंसात्मक झडपमा जन्मकैदको सजाय पाएका रेशम चौधरी गत १५ जेठमा गणतन्त्र दिवसका अवसरमा राष्ट्रपतिबाट कैद मिनाहा पाएर रिहा हुनु भएको हो । कारागारमै रहेका बेला आफ्नो सक्रियतामा गठन भएको नागरिक उन्मुक्ति पार्टीको अधिवेशन गरेर रेशमं अध्यक्ष हुनु भएको थियो । निर्वाचन आयोगमा दलको अभिलेख अद्यावधिक गर्न दिएको निवेदनविरुद्ध दुईवटा उजुरीसमेत परेका थिए । त्यसमा चौधरी ज्यान मुद्दामा दोषी ठहर भई राष्ट्रपतिबाट कैद छुट पाएका व्यक्ति हुनाले दलको अध्यक्ष बन्नु कानुन विपरीत भएको उल्लेख थियो । उजुरी परेपछि आयोगले नाउपा र अध्यक्ष चौधरीसँग जवाफ मागेको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);