नाउपाको सहअध्यक्ष बनिन् पुर्व अध्यक्ष रन्जिता श्रेष्ठ | ईमाउण्टेन समाचार

Our Network

वैशाख २३ २०८१, आइतबार

नाउपाको सहअध्यक्ष बनिन् पुर्व अध्यक्ष रन्जिता श्रेष्ठ

काठमाडौं,२९ पुस । नागरिक उन्मुक्ति पार्टी नाउपाले संस्थापक अध्यक्ष रञ्जिता श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको छ । टीकापुरमा सम्पन्न प्रथम महाधिवेशनबाट पार्टीका संरक्षक रेशम चौधरी अध्यक्षमा निर्वाचित भएपछि बसेको पहिलो बैठकले विधान संशोधन गर्दै श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको हो ।

रेशम चौधरीकी श्रीमती श्रेष्ठलाई सहअध्यक्षमा मनोनित गर्ने निर्णय गरेको नाउपाका अध्यक्ष चौधरीले जानकारी दिनु भएको हो ।

उक्त निर्णयको पत्र श्रेष्ठलाई पठाइएको छ नाउपाले विधान संशोधन गरी दुई जना महासचिव हुने व्यवस्था समेत गरेको छ । नागरिक उन्मुक्ति पार्टीको महासचिवमा प्रतिनिधि सभा सदस्य गङ्गाराम चौधरी निर्विरोध निर्वाचित भइसक्नु भएको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा दामोदर पण्डित र कोषाध्यक्षमा टीकालक्ष्मी चौधरी पनि निर्विरोध निर्वाचित हुनु भएको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);