नाउपाका दुई विना विभागीय मन्त्रीले पाए जिम्मेवारी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नाउपाका दुई विना विभागीय मन्त्रीले पाए जिम्मेवारी

काठमाडौं,१५ चैत्र । सुदुरपश्चिम प्रदेशमा शपथ लिएका दुई विना विभागिय मन्त्रीहरुले जिम्मेवारी पाएका छन् । मुख्यमन्त्री कमलबहादुर शाहले नागरिक उन्मुक्ति पार्टी (नाउपा)का मन्त्रीहरुलाई जिम्मेवारी दिएका हुन् ।

मुख्यमन्त्री शाहले नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास र खुशीराम चौधरीलाई उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकेका हुन् ।

जिम्मेवारीको पत्रसमेत बुझिसकेका ती मन्त्रीहरुले आज औपचारिक रुपमा पदभार ग्रहण गर्ने कार्यक्रम रहेको छ ।

नाउपाले शाहलाई दिएको समर्थन फिर्ता लिनेसम्मको निर्णय गरेपनि सोही पार्टीका मन्त्रीहरुलाई नै जिम्मेवारी दिएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);