अध्यक्ष दाहालले आरोपपत्र फिर्ता लिएर चुनावमा सहभागी हुन तयार भए पार्टी विवाद टर्ने : उपप्रधानमन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

अध्यक्ष दाहालले आरोपपत्र फिर्ता लिएर चुनावमा सहभागी हुन तयार भए पार्टी विवाद टर्ने : उपप्रधानमन्त्री पोखरेल

काठमाडाैं, १२ माघ । उपप्रधानमन्त्री इश्वर पोखरेलले पार्टी कार्तिक २८ गतेको आरोप पत्र फिर्ता लिएर घोषित निर्वाचनमा सहभागी हुन पुष्पकमल दाहाल तयार भए अहिलेको विवाद टार्न सकिने बताउनुभएको छ ।

सोमबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा उपप्रधानमन्त्री पोखरेलले उक्त कुरा बताउनु भएको हो । नेकपा कानूनी रुपमा फुट्न नमिल्ने निर्वाचन आयोगको निर्णय सकारात्मक रहेको पनि उहाँले बताउनुभयो ।

कार्यक्रममा नेकपा बागमती प्रदेश संगठन कमिटी अध्यक्ष आनन्दप्रसाद पोखरेलले माघ २३ गते जनसभा गर्ने जानकारी दिनुभयो । जनसभाका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको सयोजकत्वमा ११ सय ११ सदस्यीय जनसभा परिचालन कमिटी गठन समेत गरिएको छ ।

जनसभा परिचालन कमिटीका संयोजक कृष्णगोपाल श्रेष्ठले सभामा आरोप–प्रत्यारोप नगरी विधिसम्मत् राजनीतिक र व्यवहारिक कुरा गर्ने बताउनुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);