जनताको बहुदलिय जनबाद नै अबको कम्युनिष्टको कार्यदिशा : पोखरेल | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८३, बुधवार

जनताको बहुदलिय जनबाद नै अबको कम्युनिष्टको कार्यदिशा : पोखरेल

झापा, १० जेठ । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले अस्थिर बिचारले कम्युनिष्ट पार्टी नचल्ने भन्दै विचारमा प्रष्ट हुनु पर्ने बताउनु भएको छ । शुक्रवार नेकपा जिल्ला कमिटी झापाका पदाधिकारीलाई सपथ ग्रहण गराउँदै उपप्रधानमन्त्री पोखरेलले यस्तो बताउनु भएको हो ।

मार्क्सबाद लेलिनबादबाट दिक्षित भएर बनाइएको जनताको बहुदलिय जनबाद नै अबको कम्युनिष्ट पार्टीको उपयुक्त कार्यदिशा भएको संकेत गर्दै उपप्रधानमन्त्री पोखरेलले पूर्व समूहरुको मानसिकता त्याग्दै नेकपा एक ढिक्का भएर विचार मन्थन गर्नु पर्ने बताउनु भयो ।

हिजोको जनयुद्धको आफ्नै महत्व भए पनि वर्तमानमा बाटो देखाउन नसक्ने भन्दै उपप्रधानमन्त्री पोखरेलले यिनीहरुबाट शिक्षा लिंदै नेकपाको अबको सिद्धान्त के हो भन्नेमा बहस चलाउन आग्रह समेत गर्नुभयो ।

ताजा समाचार