साउन ९ सम्म मनसुन सक्रिय रहने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

साउन ९ सम्म मनसुन सक्रिय रहने

काठमाडौं, ६ साउन । हिउँदबाट नै औषतभन्दा बढी वर्षा भएकाले मनसुनमा बाढी पहिरोका घटनाहरू बढेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

मंगलबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा हिउँदमा औषतभन्दा २ सय ३० प्रतिशत बढी वर्षा भएको र मनसुनमा समेत १ सय ३० प्रतिशत बढी वर्षा भएकाले पहिरोका घटनाहरु बढेको विभागले जनाएको हो ।

विभागका महानिर्देशक सरजु वैद्यले हिउँदको वर्षाले जमिन भिजेको र गलिसकेका कारण मनसुन सुरु हुने वित्तिकै ठाउँठाउँमा पहिरोका घटनाहरु घटेको बताउनुभयो । महानिर्देशक वैद्यले साउन ९ गतेसम्म मनसुन सक्रिय रहने र त्यसपछि क्रमिक रुपमा वर्षा कम हुने बताउनु भयो ।

विभागले कोशी नदीको चतरा, बागमती नदीको खोकना, नारायणी नदीको देवघाटमा पानीको सतहले खतराको तह पार गरेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);