प्रचण्ड, रवि र विक्रम कसरी मिले | ईमाउण्टेन समाचार

Our Network

चैत ११ २०८०, आइतबार

प्रचण्ड, रवि र विक्रम कसरी मिले

काठमाडौं, ५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको गृहजिल्ला चितवन हो । उनी २०७४ मा चितवनबाट निर्वाचित भएपनि २०७९ मा गोरखाबाट निर्वाचित भएका छन् । तर, उनको साइनो चितवनसँग विशेष छ । छोरी रेणु भरतपुर महानगरपालिकाको मेयर छिन् ।

त्यसो त रवि लामिछाने पनि चितवन २ बाट निर्वाचित सांसद हुन् । उनले राष्ट्रिय स्वतन्त्र पार्टीको अध्यक्षका रुपमा बाजी मारे । प्रचण्ड नेतृत्वको सरकारमा उपप्रधान तथा गृहमन्त्री भए ।

चितवन ३ बाट निर्वाचित सांसद विक्रम पाण्डे शहरी विकासमन्त्री भएका छन् । उनी राप्रपाबाट निर्वाचित सांसद हुन् । कुनैबेला पाण्डेको प्रचण्डसँग चीसो सम्बन्ध थियो । सरकारमा जाँदा दुवैको कुरा मिल्यो ।

चितवनमा चुनाव सकिएपछि प्रचण्ड, रवि र विक्रम मिल्नुलाई अर्थपूर्ण मानिएको छ । राप्रपाबाट मन्त्री भएका विक्रम पाण्डेलाई प्रचण्डले चाहेको भए रोक्न सक्थे । उनी ठेक्कापट्टाको अनियमिततामा मुछिएका थिए । तर, उनीहरुबीच भित्री रुपमा कुरा मिलिसकेको देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);