सभामुख र राष्ट्रियसभा अध्यक्ष २६ र ३० गते चयन हुने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

सभामुख र राष्ट्रियसभा अध्यक्ष २६ र ३० गते चयन हुने

samsad bhawan

काठमाडौं, २० फागुन । प्रतिनिधिसभाको सभामुख फागुन २६ र राष्ट्रियसभाको अध्यक्ष ३० गते चयन गरिने भएको छ । संघीय संसद सचिवालयले तयार पारेको कार्यतालिकालाई आज बिहान बसेको सर्वदलीय बैठकले अनुमोदन गरेको हो ।

कार्यसूची अनुसार फागुन २५ गते सभामुख पदका लागि उम्मेदवारी दर्ताको समय तोकिएको छ । सभामुख पदका लागि परेको उम्मेदवारीलाई सोही दिन अपराह्न सार्वजनिक गरिनेछ । २६ गते बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुखको निर्वाचन हुने भएको छ । कार्यतालिका अनुसार २७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको विश्वासको मत लिने कार्यक्रम रहेको छ ।

त्यस्तै २८ गते राष्ट्रियसभा अध्यक्षको लागि मनोनयन दर्ताको समय तोकिएको छ भने ३० गते राष्ट्रियसभा अध्यक्ष चयन हुनेछ । २९ गते निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेकोले संसदको कुनै पनि कार्यक्रम नराखिएको हो । भोलि संघीय संसदको पहिलो अधिवेशन आह्वान गरिएको छ । त्यसका लागि सर्वदलीय बैठकले प्रतिनिधिसभा र राष्ट्रियसभाको अन्तरिम कार्यविधिलाई पनि अन्तरिम रुप दिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);