काठमाडौं, ६ माघ । माघ १२ गते हुने प्रतिनिधिसभाको सभामुख पदको निर्वाचन कार्यतालिका सार्वजनिक गरिएको छ । कार्यतालिका अनुसार मंगलबार बिहान ११ देखि २ बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको छ ।
साढे २ बजे उम्मेदवारको सूची प्रकाशित गरिने छ । माघ १२ गते आइतबार ३ बजे बस्ने प्रतिनिधिसभा बैठकमा सभामुख पदको निर्वाचन हुने छ ।
संघीय संसदको हिउँदे अधिवेशनको पहिलो बैठक पुस ४ गते बसेको भएपनि सभामुख पद रिक्त रहेका कारण एक महिना सम्म संसद बैठक प्रभावित हुदै आएको थियो ।
असोज १४ गते कृष्ण बहादुर महराले राजीनामा दिएपछि प्रतिनिधिसभाको सभामुख पद रिक्त रहँदै आएको थियो । सोमबार उपभासभामुख शिवमाया तुम्बाहाङ्फेले राजीनामा दिएपछि सभामुखको निर्वाचनका लागि बाटो खुलेको हो ।
यस्ताे छ चुनावी कार्यतालिका






