सूचनाको सहज पहुँच दिलाउँदै देशलाई प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनेछुः सञ्चारमन्त्री शर्मा | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

सूचनाको सहज पहुँच दिलाउँदै देशलाई प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिनेछुः सञ्चारमन्त्री शर्मा

काठमाडौं । नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पु¥याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको छ ।

मन्त्रालयमा कार्यभार सम्हाल्दै मन्त्री शर्माले सञ्चार तथा सूचना प्रविधिमा जनताको सहज पहुँच पुर्याउनु आफ्नो प्राथमिकता भएको बताउनुभएको हो । सार्वजनिक संघ, संस्थानहरुलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उहाँको भनाइ थियो ।

मन्त्री शर्माले सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उल्लेख गर्नुभयो ।

मन्त्री शर्माले सबै कामहरु प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने बताउनुभयो । सञ्चार प्रविधिको विकासलाई अर्थतन्त्रले धान्न सक्नेजति अगाडी बढाउने उहाँको भनाइ थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);