बालुवाटारमा सर्वदलीय बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बालुवाटारमा सर्वदलीय बैठक सुरु

काठमाडौं । बालुवाटारमा सर्वदलीय बैठक सुरु भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा सत्ता गठबन्धनका शीर्ष नेताहरुको सहभागि रहेका छन् ।

बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा लगायतका कांग्रेस नेताहरु, एमालेबाट अध्यक्ष केपी शर्मा ओली सहभागी छन् ।

साथै, जनमत पार्टीबाट उपाध्यक्ष अब्दुल खान बालुवाटार पुगेका छन् । खान आफुले रोजेको मन्त्रालय नपाएपछि रुष्ट भएका छन् । उद्योग मन्त्रालयको जिम्मेवारी माग गरेका खानलाई खानेपानीको जिम्मेवारी दिइएपछि जनमत पार्टी प्रधानमन्त्रीसँग रुष्ट भएको हो । साथै, जारी बैठकमा नागरिक उन्मुक्ति पार्टीबाट रञ्जिता श्रेष्ठ, स्वतन्त्र सांसद अमरेशकुमार सिंहलगायत बैठकमा सहभागी रहेको बुझिएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);