बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

बालुवाटारमा सत्ता गठबन्धनको बैठक सुरु

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारमा सहभागी भएका र समर्थन गरेका दलभित्रको गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ ।

बैठकमा मन्त्रालय बाँडफाँट लगायतका महत्वपुर्ण विषयमा छलफल हुने बुझिएको छ ।

बैठक प्रधानमन्त्रीको सरकारी निवासमा बोलाइएको हो ।

बैठकमा प्रधानमन्त्री दाहालसहित गृहमन्त्री रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन,नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलगायतको उपस्थिति छ ।

हालसम्म नेकपा (एमाले)बाट ४, नेकपा (माओवादी केन्द्र)बाट १ र स्वतन्त्र पार्टीबाट एक मन्त्रीले शपथ लिएका छन् ।

नेकपा (एकीकृत समाजवादी), राप्रपालगायतका दलहरुलाई सरकारमा सहभागी गराउने विषयमा पनि बैठकमा छलफल हुने बुझिएको छ ।

सरकारमा सहभागी हुन केही दलहरुले विभिन्न शर्त तेस्र्याएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);