कांग्रेसकी पुष्पा भुसाललाई उपसभामुख उम्मेदवार बनाउने गठबन्धनको तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

कांग्रेसकी पुष्पा भुसाललाई उपसभामुख उम्मेदवार बनाउने गठबन्धनको तयारी

काठमाडौं । सत्ता गठबन्धनले नेपाली कांग्रेसकी सांसद पुष्पा भुसाललाई प्रतिनिधि सभाको उपसभामुखको उम्मेदवार बनाउने भएको छ। स्रोतका अनुसार कांग्रेस सचेतकसमेत रहेकी भुसाल गठबन्धनकी उम्मेदवार बन्ने पक्का भइसकेको छ।

यसअघि कांग्रेस नेता मीन विश्वकर्माले गठबन्धनभित्र उपसभामुख कांग्रेसलाई दिने सहमति भएको जानकारी दिएका थिए । उपसभामुखका लागि बिहीबार मनोनयन दर्ता हुँदैछ। चुनाव शुक्रबार हुनेछ। सत्ता गठबन्धन दलका सबै सांसदले मत दिए भुसाल उपसभामुख निर्वाचित हुने छिन्।

भुसाल यसअघि पनि उपसभामुख उम्मेदवार भएर पराजित भएकी थिइन्। २०७४ चैतमा भएको चुनावमा भुसाललाई एमालेकी शिवमाया तुम्बाहाङ्फेले हराएकी थिइन्। २०७६ फागुनमा तुम्बाहाङ्फेले राजीनामा दिएपछि उपसभामुख पद खाली छ। प्रमुख प्रतिपक्षी नेकपा एमालेले उपसभामुखमा उम्मेदवारी दिनेरनदिने, दिने भए कसलाई उम्मेदवार बनाउने भन्नेबारे जानकारी दिएको छैन।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);