पुष्पा भुसाल र विद्या भट्टराई उपसभामुखमा भिड्ने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १२ २०८१, बुधवार

पुष्पा भुसाल र विद्या भट्टराई उपसभामुखमा भिड्ने

काठमाडौं । शुक्रबार हुने प्रतिनिधि सभाको उपसभामुखका लागि हुने चुनावमा कांग्रेस र एमाले उम्मेदवार भिड्ने भएका छन् । सत्तारूढ गठबन्धनबाट कांग्रेसकी पुष्पा भुसालले उम्मेदवारी दर्ता गराएकी छन् भने प्रमुख प्रतिपक्षी नेकपा एमाले ले सांसद विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भट्टराईलाई उम्मेदवार बनाउने कुरा भर्खर टुंगिएको जानकारी दिए । भट्टराई प्रतिनिधि सभा उपनिर्वाचनमा कास्की–२ बाट निर्वाचित भएकी थिइन्।

कांग्रेस सचेतकसमेत रहेकी भुसालले नेकपा माओवादी केन्द्रका देवप्रसाद गुरूङ प्रस्तावक र एकीकृत समाजवादीकी लक्ष्मीकुमारी चौधरीको समर्थनमा मनोनयन दर्ता गराएकी छन्। भट्टराईले केहीबेरमा उम्मेदवारी दर्ता गर्दै छिन्।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);