यथास्थितिमा सरकारमा जान्नौ तर विश्वासको मत दिन्छौ : यादव | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

काठमाडौं, २७ फागुन । राष्ट्रिय जनता पार्टी नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिएको छ । पार्टीका सांसद महेन्द्र राय यादवले प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने बताएका छन् । आईतबार प्रधानमन्त्रीलाई विश्वासको मत दिन बसेको प्रतिनिधिसभा बैठककमा बोल्दै उनले यथास्थितिमा सरकारमा भने नजाने बताए ।

सांसद यादवले संविधान संशोधन गर्ने आफूहरुको माग सम्बोधन गरे सरकारमा सहभागी हुन सक्ने पार्टीको धारणा रहेको बताए । उनले सर्वदलीय बैठक बोलाएर मुलुकलाई अघि बढाउने साझा एजेन्डा तय गर्न पनि प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

सांसद यादवले वाम गठबन्धनले प्रदेश २ मा सरकारसँग सहकार्य गरेकाले आफूहरुले पनि प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने निर्णय गरेको स्पष्ट पारे । उनले सिंगो देशलाई एक ढिक्का बनाएर लैजान पनि प्रधानमन्त्री ओलीसँग आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);