मुलुकमा परिर्वतन ल्याउनका लागि प्रधानमन्त्री भएको हुँ : ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

मुलुकमा परिर्वतन ल्याउनका लागि प्रधानमन्त्री भएको हुँ : ओली

kp oli

काठमाडौं, २७ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा परिर्वतन ल्याउनका लागि प्रधानमन्त्री भएको भन्दै सहयोगी भुमिका निर्वाह गर्न प्रतिपक्षी दललाई आव्हान गरेका छन् ।

आईतबार प्रतिनिधीसभाको बैठकमा विश्वासको मत माग्दै उनले मुलुकमा परिर्वतन ल्याउने संकल्प सहित समृद्ध मुलुक निर्माणका लागि आफु प्रधानमन्त्री भएको बताएका हुन् । आफु प्रधानमन्त्री हुनका लागि मात्रै प्रधानमन्त्री नभएको भन्दै उनले मुलुकमा व्याप्त भ्रष्टाचार हटाउन तथा जनताको शासक नभई सेवकका रुपमा काम गर्नका लागि भएको स्पष्ट पारे ।

सुशासन, सार्वभौमसत्ताको रक्षक, लोकतन्त्रको रक्षक, एकताको अभियन्ता, विकासको अग्रणी हुने सकारलाई विश्वासको मत दिन उनले आग्रह गरे । मुलुकमा कोही भोकै मर्नु हुँदैन भन्ने ध्येयका साथ आफुले काम गर्ने भन्दै उनले त्यस कार्यमा सहयोग गर्न आग्रह गरे ।

प्रधानमन्त्री ओलीले नेकपा एमाले र माओवादी केन्द्रले चुनावी तालमेलका क्रममा गरेका प्रतिबद्धताहरु पुरा गर्न प्रतिवद्ध रहेको स्पष्ट पारे । साझा चुनावी घोषणा पत्रमा उद्देश्य, नीति र गन्तव्य स्पष्ट भएको भन्दै उनले सोही आधारमा देशको राष्ट्रियतालाई सवल बनाउने बताए ।

अन्तराष्ट्रिय मुल्य मान्यता सहितको लोकतन्त्रको कुरा आफुहरुले उठाएको भन्दै उनले राजनीतिक स्वतन्त्रता भन्दा माथि जनताको जीवन अनुकुल परिर्वतन दिन सक्ने गरि सामाजिक न्याय र समानताको लोकतन्त्र स्थापना गरिने बताए।

वर्तमान सरकारले शान्ति र राजनीतिक स्थायित्व चाहेको भन्दै उनले असाधारण स्थिति भएकाले सहयोगी भुमिका निर्वाह गर्न प्रतिपक्षीदललाई आग्रह गरे । उनले समृद्ध मुलुकका लागि साझा भावनाका साथ अघि बढ्नुपर्ने आवश्यकता औल्याए ।

उनले राष्ट्र निर्माणका लागि सामाजिक सद्भाव सहितको राष्ट्रिय एकतामा जोड दिदै अघि बढ्नुको विकल्प नरहेको बताए । प्रधानमन्त्री भएको एक महिना भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान अनुसार आईतबार प्रतिनिधीसभा बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतको प्रस्ताव पेस गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);