पुनर्निर्माणको बाँकी काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

पुनर्निर्माणको बाँकी काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्रतिवद्धता

काठमाडौं, १२ बैशाख । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माणको बाँकि काम तोकिएको समयभित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर चार वर्ष अघि गएको विनाशकारी भूकम्पको स्मृतिमा बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्राधिकरणका सचिव अर्जुनकुमार कार्कीले पुनर्निर्माणको बाँकि काम तोकिएको समय भित्रै सम्पन्न गर्ने प्रतिवद्धता जनाएका हुन् ।

उनले केही सम्पदाको पुनर्निर्माणको काम भने बाँकि रहन सक्ने पनि स्पष्ट पारे । आगामी २० महिना भित्र पुनर्निर्माणको काम सम्पन्न गरी सक्ने प्राधिकरणको लक्ष्य छ । प्राधिकरणका सचिव कार्कीले पुनर्निर्माणको काममा नेपाली समाजले देखाएको सक्रियताको पनि खुलेर प्रशंशा गरे ।

सचिव कार्कीले करिव ४ लाख निजी आवास पुनर्निर्माणको काम सकिएको र ३ लाख भन्दा बढि पुननिर्माणको काम सकिने चरणमा रहेको बताए । वर्तमान सरकारले भूकम्पपछिको पुनर्निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाएको सचिव कार्कीको भनाई छ । उनले धरहरा, रानीपोखरीलगायतका सम्पदाहरुको पुनर्निर्माणको कामले पनि गति लिने विश्वास व्यक्त गरे ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);