डोटीमा बस आपसमा ठोकिँदा २ को मुत्यु, १२ घाइते | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

डोटी, ३१ असोज ।  यात्रुवहाक बस एक आपसमा ठोकिँदा २ जनाको घटनास्लमै मृत्यु भएको छ ।

महेन्द्रनगरबाट बैतडी जाँदै गरेको महाकाली यातायातको ना ५ ख ६०८१ नम्बरको बस र डडेल्धुराबाट महेन्द्रनगर जाँदै गरेको उग्रतारा यातायातको ना ४ ख ६८५६ नम्बरको बस भिमदत्त राजमार्गको जोरायल गाउँपालिका १ गोगनपानीमा मंगलबार मध्याहृन ठोक्किएको जिल्ला प्रहरी कार्यालय डोटीले जानकारी दिएको छ ।

दुर्घटनामा देहिमाण्डौ २ बैतडीकी ८० वर्षीया द्रोपती भण्डारी र परशुराम नगरपालिका ७ डडेल्धुराका १३ वर्षीय विक्रम बोहराको घटनास्थलमै मृत्यु भएको हो । दुर्घटनामा १२ जना भन्दा धेरै घाइते भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाईते ५ जनालाई उपचारको लागि धनगढी पठाइएइको छ ।

 

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);