चितवनमा एक आपसमा बस ठोक्किदा ३ जनाको मृत्यु, २७ घाइते | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

चितवनमा एक आपसमा बस ठोक्किदा ३ जनाको मृत्यु, २७ घाइते

accident

चितवन, २४ भदौ । चितवनमा एक आपसमा बस ठोक्किदा ३ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । नारायणगढबाट वीरगन्जतर्फ जाँदै गरेको ना ५ ख ८७०६ नम्वरको बस र विपरित दिशाबाट आइरहेको ना ६ ख ९१२५ नम्वरको बस एक आपसमा ठोक्किदा उक्त दुर्घटना भएको चितवनका डिएस्पी शिव शर्मा आचार्यले जानकारी दिए ।

दुर्घटनामा परी मृत्यु हुनेको अझै सनाखत हुन नसकेको आचार्यले बताए । दर्घटनामा परी २७ यात्रु घाइते भएका छन् । घाइतेको चितवन मेडिकल कलेज, कलेज अफ मेडिकल साइन्सेज र भरतपुर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।   घाइतेमध्ये १५ जनाको अवस्था गम्भीर छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);