समानुपातिकमा भाग लिन भदौ २५ देखि २७ गतेसम्म आयोगमा निवेदन दिनुपर्ने | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

समानुपातिकमा भाग लिन भदौ २५ देखि २७ गतेसम्म आयोगमा निवेदन दिनुपर्ने

काठमाडौँ, २४ भदौ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन चाहने राजनीतिक दललाई यही भदौ २५ देखि २७ गतेसम्म निवेदन पेश गर्न आग्रह गरेको छ ।

आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन चाहने राजनीतिक दललाई आयोगले निवेदन दिन आग्रह गरेको हो ।

भदौ २५ देखि २७ गतेभित्र निवेदन पेश नगर्ने राजनीतिक दलले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीमा भाग लिन नपाउने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा दर्ता भएका राजनीतिक दलले मात्र निवेदन पेश गर्न पाउने आयोगले जनाएको छ । निवेदन पेश गर्दा प्रतिनिधिसभा निर्वाचनका लागि मात्र भाग लिने हो वा प्रदेशसभा सदस्यको निर्वाचनका लागि  भाग लिने हो वा दुवैतर्फ भाग लिने हो स्पष्ट खुलाउनु पर्ने  आयोगले जनाएको छ ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);