ट्रक र मोटरसाइकल ठोक्किदा एकको मृत्यु | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

ट्रक र मोटरसाइकल ठोक्किदा एकको मृत्यु

accident

चितवन, ५ माघ । चितवनमा ट्रक र मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु भएको छ । चितवनका भरतपुर महानगरपवालिका वडा नम्वर १ पानीट्यांकीमा ट्रकसंग मोटरसाइकल ठोक्किदा मोटरसाइलक चालक चितवन खैरहनी न .पा. ६ का ४६ बर्षिय सन्तोष नेपालीको मृत्यु भएको हो ।

मुग्लिनबाट नारायणगढ तर्फ आइरहेको ना ८ प ५५०६ नम्वरको मोटरसाइकल र नारायणगढबाट मुग्लिन तर्फ गइरहेको ना ८ ख २२४९ नम्वरको ट्रकसंग ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक नेपालीको भरतपुरस्थित चितवन मेडिकल कलेजमा उपचार हुदाहुदै निधन भएको हो ।

मोटरसाइकल चालक नेपालीले अत्यधिक मात्रामा मदिरा सेवन गरेको खुलेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);