नैतिकताले नदिने भन्दै कांग्रेस नेता रामहरी खतिवडाले फिर्ता गरे रातो पासपोर्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

काठमाण्डौं, ३१ असोज । नेपाली कांग्रेसका नेता तथा निबर्तमान सांसद रामहरी खतिवडाले सुबिधा स्वरुप पाएको रातो पासपोर्ट फिर्ता बुझाएका छन् ।

नेता खतिवडाले संसदमा रहँदा सुबिधा स्वरुप पाएको रातो पासपोर्ट सांसद सचिबालयमा फिर्ता बुझाइदिएका हुन् ।

सांसदको हैसियतमा रहँदा प्राप्त गरेको रातो पासपोर्ट पदमुक्त भएपछि पनि राखिरहनका लागि नैतिकताले नदिने भन्दै फिर्ता बुझाएको बताएका छन् ।

सेवाको दुरुपयोग नहोस भनि आफूले उक्त पासपोर्ट सचिबालयको सुबिधा शाखामा बुझाइदिएको बताएका हुन् । रातो पासपोर्टको सुबिधा २०७४ माघ १४ सम्म लिन पाईने छ ।

सरकारले सुविधाबापत उपलब्ध गराएको रातो पासपोर्ट व्यवस्थापिका संसद्को अवधि सकिएसँगै दुरूपयोग हुनसक्ने र वैदेशिक रोजगारको आवरणमा सक्रिय दलाल तथा मानव तस्करसम्म पुग्नसक्ने विभागको आशंका छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);