सुरक्षा भत्ता लिएर हिँडेका माओवादीबाट विजयी वडाध्यक्ष जुवा खेल्दाखेल्दै पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौं, ३१ असोज । सामाजिक सुरक्षा भत्ताको रकम लिएर जुवा खालमा बसेका नेकपा माओवादी केन्द्रबाट स्थानीय तह निर्वाचनमा निर्वाचित वडाअध्यक्ष पक्राउ परेका छन्। सोमबार राति प्रहरीले बलेफि गाउँपालिका–६ का वडाअध्यक्ष चित्रबहादुर तामाङसहित १६ जनालाई जुवाखालबाट पक्राउ गरेको हो।

अरनिको राजमार्गको अँधेरीस्थित सिन्धु क्याफेमा जुवा खालबाट १ लाख १८ हजार नगदसमेत बरामद गरेको प्रहरीले जनाएको छ। विशेष सुराकीका आधारमा जिल्ला प्रहरी कार्यालय चौताराबाट गएको टोलीले पक्राउ गरेको प्रहरीले जनाएको छ।

तामाङले प्रहरी फन्दामा परेपछि आफ्नो नाम ढाँटेर विजय तामाङ बताए पनि सोधपुछ गर्ने क्रममा बलेफी-६ का वडाध्यक्ष रहेको पुष्टि छ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);