५० हजार रुपैयाँसहित ६ जना जुवाडे प्रहरी नियन्त्रणमा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

५० हजार रुपैयाँसहित ६ जना जुवाडे प्रहरी नियन्त्रणमा

pakrau

काठमाडौँ । प्रहरीले काठमाडौंको चन्द्रागिरी नगरपालिका ३ बाट ५० हजार रुपैयाँसहित ६ जना जुवाडेलाई पक्राउ गरेको छ। चन्द्रागिरी ३ आलय निगमस्थित घरमा जुवा खेल्दै गरेको अवस्थामा आइतबार दिँउसो प्रहरीले नगदसहित जुवाडेलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा झापा अर्जुधारा न.पा १ घर भई चन्द्रागिरि नगरपालिका–३ आयल निगम बस्दै आएका किरण चापागाई, गोरखा नगरपालिका –१३ घर हुने वर्ष ४१ वर्षीय शेरबहादुर राई, मकवानपुर थाहा नगरपालिका ११का ३३ वर्षीय पंचनारायण तामाङ , मकवानपुर थाहा नगरपालिका –५ का ३२ वर्षीय ज्ञान बहादुर गोले, मकवानपुर थाहा नगरपालिका – ५ का ३३ वर्षीय भरत थोकर ,चन्द्रागिरि नगरपालिका १ का ३६ वर्षीय किशोर बखती भएको प्रहरीले जानकारी दिएको छ ।

उनीहरुको साथबाट ४६ ७९० र जुवा तास खेलिहरेको खाल बाट ३२८० गरी ५० हजार रुपैयाँसहित प्रहरीले बरामद गरेको हो । पक्राउ परेका जुवाडमाथि थप अनुसन्धान भइरहेको महानगरीय प्रहरी वृतले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);