दाङको ड्वाङपुरमा हात्ती ढुंगा अवलोकन गर्न जानेका भिड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

दाङको ड्वाङपुरमा हात्ती ढुंगा अवलोकन गर्न जानेका भिड

दाङ, ८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका १४ को ड्वाङपुरमा रहेको हात्ती ढुंगा अवलोकन गर्न जानेको संख्यामा वृद्धि भएको छ । पहिले छायाँमा परेको हात्ती ढुंगा यतिबेला भने पर्यटकिय गन्तब्य बनेको छ ।

हिजो आज दैनिक सयौंको संख्यामा आन्तरिक पर्यटक हात्ती ढुंगा अवलोकनका लागि ड्वाङपुर पुुग्ने गरेका छन् । त्यसतै उक्त ठाउँमा टिकटक तथा म्युजिक भिडियो समेत छांयाकनका लागि आउने गरेका छन् ।

वरपरी समथल र विचमा माटोको भरमा रहेको उक्त ढुंगा बर्षाैदेखि केहि नभएको स्थानियबासि बताउँछन । स्थानियहरुले त्यस हात्ती ढुंगालाई शिवको प्रतिका रुपमा पुजा गर्ने गरेका छन् ।

तर आजभोली भने हात्तीढुंगाको अवलोकनका लागि ठुलो संख्यामा आन्तरिक पर्यटक जाने गरेका कारण यस क्षेत्रलाई पर्यटकिय केन्द्रको रुपमा विकास गर्दे यसको संरक्षण र प्रवर्धनमा चासो दिनुपर्ने स्थानियको भनाई छ ।

हात्ती ढुङ्गा संरक्षण समितिका अनुसार परापूर्वकालमा ५ पाण्डवहरु त्यस ठाँउमा आइ एक रात बास बसेको भन्ने किम्बदन्ती रहेको पाईन्छ । पर्यटकिय केन्द्रका रुपमा परिचित हात्ती ढुंगा हेर्नअवलोकनका लागि सयौँ आन्तरिक पर्यटकहरु जाने गरेको भएता पनि त्यहाँ सम्म पुग्नका लागि सडक राम्रो नहुदाँ पर्यटकहरुले सास्ती भोग्नु पर्ने अवस्था रहेको छ ।

हात्तीढुंगालाई पर्यटकिय गन्तब्यकारुपमा परिचित गराउनका लागि तुलसीपुर उपमहानगरपालिकाले यसको संरक्षणको लागि व्यवस्थापन समिती गठन गरेर काम गरिरहेको बताईएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);