दाहाल–नेपाल पक्षको निर्वाचन आयोग जाने कार्यक्रम स्थगित, आकस्मिक केन्द्रीय समिति बस्दै | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

दाहाल–नेपाल पक्षको निर्वाचन आयोग जाने कार्यक्रम स्थगित, आकस्मिक केन्द्रीय समिति बस्दै

काटमाडौं, ७ फागुन । दाहाल – नेपाल पक्षका केन्दीय सदस्यहरुको शुक्रबार निर्वाचन आयोग जाने कार्यक्रम रोकिएको छ । पार्टीको आधिकारिताको दावी गर्दै आज दिउँसो १ वजे सक्कल नागरिकता सहित आफ्नो समूहका केन्द्रीय सदस्यहरु निर्वाचन आयोग जाने कार्यक्रम राखिएको थियो ।

नेकपाले सोही प्रयोजनका लागि सबै केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित १२ बजे पेरिसडाँडामा उपस्थित हुन निर्देशन दिएको थियो ।

केन्द्रीय सदस्य विष्णु रिजालले अहिले सबै केन्द्रीय सदस्य सशरिर आयोग जानु नपर्ने भएकाले कार्यक्रम स्थगित भएको बताए । उनले भने,‘अहिले सबै जानु नपर्ने भयो, सबै केन्द्रीय सदस्यहरुको नागरिकताको स्क्यानिङ र हस्ताक्षर बुझाउने कुरा भएको छ ।

केन्द्रीय सदस्यहरुलाई आज केका लागि बोलाईएको हो भन्ने बारे शुक्रबार अध्यक्षद्धय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले ले ब्रिफिङ गर्ने कार्यक्रम रहेको पनि रिजालले बताए । जम्मा भएका केन्द्रीय सदस्यहरुबीच सो पार्टीले आकस्मिक बैठक राखेर यस्तो व्रिफिङ गर्न लागेका हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);