प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका हेरफेर गर्न सकिदैन : आयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका हेरफेर गर्न सकिदैन : आयोग

“प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको कार्यातालिका हेरफेर गर्न नसकिने निर्वाचन आयोगको प्रष्टोक्ति, ऐन अनुसार नै कार्यतालिका तय गरिएको दाबी”

काठमाडौं, २७ भदौ । निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको कार्यतालिका हेरफेर गर्न नसकिने स्पष्ट पारेको छ ।

सरकारले भने अनुसार प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पहिले प्रत्यक्षतर्फको उम्मेदवारी मनोनयन गर्ने व्यवस्था गर्न नसकिने आयोगले जनाएको हो । आयोगका प्रवक्ता नवराज ढकालले ऐनको व्यवस्था अनुसार नै आयोगले समानुपातिकतर्फको बन्द सूचि पहिले पेश गर्ने कार्यक्रम तय गरेको बताए ।

आयोगले प्रदेशसभा र प्रतिनिधिसभाको प्रत्यक्ष निर्वाचन अन्तर्गत मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनका लागि कार्तिक ५ गते उम्मेदवारी मनोनयन र ८ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरेको छ ।

त्यसैगरी मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचनका लागि कार्तिक १६ गते उम्मेदवार मनोनयन र १९ गते निर्वाचन चिन्ह प्रदान गर्ने कार्यक्रम तय गरेको छ । आयोगले सरकारलाई निर्वाचन आचारसंहिता पालना गर्न/गराउन पनि पुनः सचेत गराएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);