विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा हुँदैन : शिक्षामन्त्री पोखरेल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा हुँदैन : शिक्षामन्त्री पोखरेल

काठमाडौं, १ कात्तिक । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा नगरिने बताउनु भएको छ ।

शुक्रबार नेपाल पब्लिक क्याम्पस संघले राजधानीमा आयोजना गरेको एक कार्यक्रममा मन्त्री पोखरेलले सरकारको लक्ष्य अनुसार विश्वविद्यालय सुधारको प्रक्रियालाई सहयोग पुग्ने गरी दक्ष ब्यक्तिलाई पदाधिकारीमा चयन गरिने उल्लेख गर्नुभयो । उहाँले २०६२-६३ को जनआन्दोलनपछि विश्वविद्यालय पदाधिकारी नियुक्तिमा राजनीतिक भागवण्डा गर्ने चलन बसेको भन्दै अब सरकारले भागवण्डाको संस्कृतिलाई अघि नबढाउने दाबी गर्नुभयो ।

nepal public campus

मन्त्री पोखरेलले शिक्षालाई संविधानले निर्देश गरेको बाटो भन्दा बाहिर नलग्ने पनि प्रतिवद्धता जनाउनुभयो । उहाँले सरकारले अपनाउने शिक्षा नीतिका बारेमा भ्रममा नपर्न प्रतिपक्षी दल नेपाली कांग्रेसलाई आग्रह गर्नुभयो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);