फौजदारी अध्यादेशमा एमाले र कांग्रेसबीच आरोप–प्रत्यारोप (भिडियोअन्तर्वार्ता) | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

फौजदारी अध्यादेशमा एमाले र कांग्रेसबीच आरोप–प्रत्यारोप (भिडियोअन्तर्वार्ता)

काठमाडौं । नेकपा एमालेकी नेतृ नविना लामाले कैलालीको टीकापुर घटनाको मुख्य दोषी नेपाली कांग्रेस भएको आरोप लगाएकी छन् ।

माउन्टेन टेलिभिजनको कार्यक्रम ‘आजको सन्र्दभ’मा बोल्दै उनले सो घटनाको मुख्य कारक नेपाली कांग्रेस त्यसमा पनि सभापति शेरबहादुर देउवा भएको आरोप लगाएकी हुन् ।

कार्यक्रममा बोल्दै उनले एमाले नेता लामाले सभापति देउवाले थारुहरुलाई भडकाउने काम गर्दा उक्त घटना घट्न पुगेको बताएकी हुन् ।

यस्तै, कार्यक्रममा बोल्दै नेपाली कांग्रेस नेतृ रंगमती शाहीले भने सभापति देउवा दोषी नभएको भन्दै बचाउँ गरेकी थिइन् ।

सभापति देउवालाई एमालेले लगाएको आरोपमा कुनै सत्यता नभएको र एमालेले संम्झौता गरेको मुद्धालाई शान्तीपुर्ण राजनीतिमा ल्याउनमात्र खोजेको उनको तर्क थियो । शाहीले रेशम चौधरीको प्रकरणमा एमालेले दोहोरो चरित्र देखाएको आरोप लगाएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);