डिनाले इन्द्र बानियाँमाथि बदला लिएको आरोप | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

डिनाले इन्द्र बानियाँमाथि बदला लिएको आरोप

काठमाडौं । कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा नुवाकोटका बहादुरसिंह लामा विजयी भए । कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका इन्द्रबहादुर बानियाँ पाँच मतले पराजित भए । लामाले २१ र बानियाँले १६ मत पाए । बानियाँ पाँच वर्षसम्म दलको नेता निर्वाचित भएका थिए ।

लामा कांग्रेस केन्द्रीय सदस्यसमेत हुन् । दुवै नेता संस्थापन पक्षका हुन् । तर, अहिले बानियाँ पराजित भएको विषयले मकवानपुरमा ठूलै तरंग ल्याएको छ । बानियाँलाई हराउन सहमहामन्त्रीसमेत रहेकी मकवानपुरकै महालक्ष्मी उपाध्याय डिनाको ठूलो हात रहेको मकवानपुर कांग्रेसमा चर्चा छ । आफू प्रतिनिधिसभा सदस्यमा पराजित भएको बदला डिनाले अहिले बानियाँलाई दलको नेतामा हराएर लिएको मकवानपुरका एक कांग्रेस नेताले बताए ।

डिना मवकानपुर १ मा प्रतिनिधिसभा सदस्यमा उठेकी थिइन् । उनी राप्रपाका दिपक सिंहसँग दुई हजार मतान्तरमा पराजित भइन् । आफूलाई बानियाँले चुनावमा असहयोग गरेको डिनाले आरोप लगाउँदै आएकी छन् । त्यति मात्र होइन, उनले कांग्रेस सभापति शेरबहादुर देउवा र उनकी पत्नी आरजु देउवालाई बानियाँकै असहयोगका कारण आफूले चुनाव हारेको कुरा लगाएकी थिइन् । जसकारण देउवा दम्पतीले बहादुरसिंह लामालाई अगाडि सारेर बानियाँलाई दलको नेता हुनबाट रोकेको कांग्रेस नेतृ मिना पोखरेलले बताएकी छन् । डिना देउवाकै कारण सधैं पार्टीमा अवसर पाउने नेतृ हुन् ।

डिना र बानियाँको आपसी द्वन्द्वको फाइदा भने मकवानपुरमा राप्रपा, एमाले, माओवादीलगायतका दलले उठाएका छन् । मकवानपुरमा यसपटक कांग्रेसबाट बानियाँ मात्र प्रदेश सभा सदस्यमा विजयी भएका छन् । अरु सबै उम्मेदवार पराजित भएका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);