इन्द्र बानियाँलाई पराजित गर्दै बागमती कांग्रेस संसदीय दलको नेतामा लामाले बाजी मारे | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

इन्द्र बानियाँलाई पराजित गर्दै बागमती कांग्रेस संसदीय दलको नेतामा लामाले बाजी मारे

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार हेटौंडामा भएको निर्वाचनमा लामाले अर्का प्रतिस्पर्धी इन्द्र बानियाँलाई पराजित गरेका हुन् ।

केन्द्रीय सदस्यसमेत रहेका लामाले २१ र बानियाँले १६ मत पाए । बानियाँ यसअघि पाँच वर्ष दलको नेता थिए ।

लामा र बानियाँ दुवै संस्थापन पक्षका नेता हुन् । कांग्रेस बागमती प्रदेशमा ३७ सांसद छन् । लामालाई जिताउन काठमाडौंबाट प्रकाशशरण महत, महालक्ष्मी उपाध्याय डिनालगायतका नेता पुगेका थिए । मकवानपुर १ मा आफूलाई प्रतिनिधिसभा सदस्यमा पराजित गर्न बानियाँको भूमिका रहेको भन्दै आरोप लगाएकी डिनाले लामालाई दलको नेता जिताएर बदला लिएकी छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);