बागमती सरकारमा गगन थापा र इन्द्र बानियाँ पेलिएकै हुन त ! | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

बागमती सरकारमा गगन थापा र इन्द्र बानियाँ पेलिएकै हुन त !

काठमाडौं, ८ जेठ । पूर्व स्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले बागमती प्रदेश सरकारमा आफु निकट एकजना नेतालाई पनि मन्त्रि बनाउन सकेनन् । आफ्नै प्रदेश बागमतीमा कांग्रेस महामन्त्री थापालाई पेलेर डा.शेखर कोइराला निकट उत्तम जोशी स्वास्थ्यमन्त्री बन्न सफल भए ।

डा. शेखरले बागमतीमा गगनको मान्छे मन्त्री बनाउन बाटो छोडिदिन्छन् भन्ने धेरैको अनुमान थियो । किनकी शेखरको गृह जिल्ला, क्षेत्र कोशी र गगनको बागमती हो । तर, शेखरले उनलाई बागमतीमा पनि लोप्पा खुवाइदिएर आफू निकट जोशीलाई स्वास्थ्यमन्त्रीमा सिफारिस गरेका छन् ।

कांग्रेसका महामन्त्रीद्वय गगन र विश्वप्रकाश शर्माले प्रदीप पौडेललाई स्वास्थ्यमन्त्री बनाउन लबिइङ गरेका थिए । पार्टी सभापति शेरबहादुर देउवा निकट मोहनबहादुर बस्नेत स्वास्थ्यमन्त्री बनेपछि गगन-विश्व हेरेको हेरै भए । शेखर–गगनको भागमा परेका संघका ३ मन्त्रालयमा पनि शेखरले एकलौटी गरे ।

शेखरको सिफारिसमा उपसभापति धनराज गुरुङ कानुन, न्याय संसदीय व्यवस्था र डिगबहादुर लिम्बू युवा तथा खेलकुदमन्त्री बने । बाँकी एउटा मन्त्रालयमा पनि राष्ट्रपति रामचन्द्र पौडेललाई देखाउँदै शेखर निकट सुरेन्द्र आचार्य महिला, बालबालिका तथा जेष्ठ नागरिकमन्त्री बने । संघीय सरकारमा ३ वटा कोटा पाउँदा पनि एउटा मन्त्री बनाउन नसकेका गगनको बागमती प्रदेशमा पनि मन्त्री बनाउने हुत्ति देखिएन ।

कांग्रेस बागमतीका धेरैले गगन निकट श्रीराम लामिछाने बागमती प्रदेशको स्वास्थ्यमन्त्री बन्छन् भन्ने चर्चा गर्थे । तर, बन्ने बेलामा डा.शेखर निकट जोशीले स्वास्थ्यमन्त्री पड्काईदिए । बागमती प्रदेशमा समेत डा.शेखरले गगनलाई हेपेर आफू निकटलाई मन्त्री बनाएको चर्चा छ । डा.शेखरको महामन्त्री थापाको हैसियत देखाइदिएको टिप्पणी हुन् थालेको छ ।

महामन्त्री गगनभन्दा शक्तिशाली स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत देखिएका छन् । उनी आफू निकट मसिना खड्कालाई वन तथा वातावरणमन्त्री बनाउन सफल भएका हुन् ।

यता कांग्रेस नेता प्रकाशमान सिंहको प्रदेश क्षेत्रबाट निर्वाचित सुरज लामिछाने मन्त्री बन्न दौडधुपमा लागेका थिए । तर, उनको कोटाबाट पुकार महर्जन उद्योग, पर्यटन तथा सहकारी मन्त्री बनेका छन् ।

बागमती प्रदेशका कांग्रेस सभापति इन्द्रबहादुर बानियाँ पनि भागबण्डामा हुस्सिएका छन् । उनले मिनकृष्ण महर्जनलाई मन्त्री बनाउन खोजेका थिए । तर, बानियाँसँग संसदीय दलमा प्रतिस्पर्धा गरेर निर्वाचित भएका बहादुर सिंह लामा (तमाङ)ले रामकृष्ण चित्रकारलाई विनाविभागीय मन्त्री बनाइदिएका छन् । कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय (डिना)का कारण बानियाँलाई पनि पेलेर राखिएको छ ।

बागमती प्रदेश संसदीय दलका नेता लामाले पार्टीको तर्फबाट सरकारको नेतृत्व गरेर गएका छन् । लामाले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । आफू निकट तिर्थ लामालाई खानेपानी, ऊर्जा तथा सिँचाईमन्त्री बनाउन उनी सफल भएका छन् । तर,गगन थापा भने आफ्नै प्रदेशमा हेरेको हेरै भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);