कांग्रेस बागमती दलको नेतामा बानियाँ र लामाबीच कडा प्रतिस्पर्धा | ईमाउण्टेन समाचार

Our Network

चैत ५ २०८०, सोमबार

कांग्रेस बागमती दलको नेतामा बानियाँ र लामाबीच कडा प्रतिस्पर्धा

काठमाडौं । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको निर्वाचन पुस १३ गते हुने भएको छ ।

दलको नेतामा सहमति जुट्न नसकेपछि आगामी पुस १३ गते हेटौडामा निर्वाचन हुन लागेको हो ।

निर्वाचन समितिका संयोजक चन्द्र महर्जनले निर्वाचनको कार्यतालिका सार्वजनिक गरेका छन् ।

कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँ र बहादुर लामाबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ ।
कार्यतालिका अनुसार पुस १२ गते मतदाता नामावली प्रकाशन, बेलुुका ४ बजे अन्तिम नामावली प्रकाशन, १३ गते बिहान १० बजे उम्मेदवारको नामावली प्रकाश र सोही दिन दिउँसो २ बजेदेदि ३ बजेसम्म मतदानको कार्यक्रम रहेको छ ।

र सोही दिन नै परिणाम पनि सार्वजनिक गरिने छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);