राजपा सांसद साह साधारण तारेखमा रिहा | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

राजपा सांसद साह साधारण तारेखमा रिहा

pramod sah

धनुषा, १ कात्तिक । जनकपुर विमान स्थल तोडफोड आरोपमा पक्राउ परेका राजपा नेपालका सांसद प्रमोद साह साधारण तारेखमा रिहा भएका छन् । जिल्ला अदालत धनुषाको इजलास नं. ३ का न्यायाधिश तेजप्रसाद पौडेलले सांसद साहलाई तारेखमा रिहा गर्न आदेश दिनुभएको हो ।

जिल्ला अदालतमा शुक्रबार थुनछेक बहस भए लगतै साधारण तारेखमा छोड्ने आदेश दिएको हो । रिहा भएपछि संसद साह आफ्ना समर्थक सहित जनकपुरको जानकी मन्दिरमा पुजा गरी गृह जिल्ला सर्लाही गएका छन् ।

गत सोमबार जनकपुर विमान स्थलमा वुद्ध एयरको विमान ढिलो भएको भन्दै काउण्टर तोडफोड गरेपछि सांसद साहलाई मंगलबार काठमाडौं स्थित त्रिभुवन विमान स्थलबाट प्रहरीले पक्राउ गरी जनकपुर लगिएको थियो । बुधबार जिल्ला अदालत धनुषाले उनलाई ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप गरेको थियो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);