गगनजीले सभापति देउवालाई सर्वसम्मत गर्नुपर्छः डा. प्रकाशशरण महत | ईमाउण्टेन समाचार

Our Network

चैत १७ २०८०, शनिबार

गगनजीले सभापति देउवालाई सर्वसम्मत गर्नुपर्छः डा. प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र संसदीय दलको नेतामा सबैले सभापति शेरबहादुर देउवाको पक्षमा एकमत हुनुपर्ने बताएका छन् ।

कांग्रेस दलको कार्यालय सिंहदरबारमा देउवा र महामन्त्री गगन थापाको मनोनयनपछि पत्रकारसँग बोल्दै प्रवक्ता महतले पाँच दलीय गठबन्धनलाई अघि बढाउन देउवाको नेतृत्व आवश्यक रहेको बताए ।

संसदको रक्षा गर्दै गठबन्धनको नेतृत्व गरेर देउवाले तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको बताउँदै प्रवक्ता महतले पुनः गठबन्धनको गतिशीलता र मुलुकको समृद्धिका लागि देउवाको नेतृत्वमा नयाँ सरकार गठन हुनुपर्ने बताए ।

उनले आगामी प्रधानमन्त्रीबारे पनि दलहरू चाँडै निर्णय हुने बताएका छन्। ‘हामी गठबन्धनमा छौँ । अलग अलग पार्टी छन् । सबैलाई सत्ताको नेतृत्वमा पुगम भन्ने इच्छा हुन्छ’, उनले भने ।

उनले आगामी १० गतेसम्म प्रधानमन्त्रीको उम्मेदवार टुंगो लगाउने बताए । महतले अहिले देशलाई जोड्ने नेतृत्व चाहिएकाले देउवा नै दलमा आउने बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);