प्रकाण्डलाई आज भोजपुर लगियो | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

प्रकाण्डलाई आज भोजपुर लगियो

prakanda

काठमाडौं, १९ भदौ । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा (प्रकाण्ड)लाई आज भोजपुर लगिएको छ ।

नेता प्रकाण्डलाई भोजपुर जिल्ला अदालतमा उपस्थित गराउन प्रहरीले विराटनगर विमानस्थल हुँदै भोजपुर लगेको हो । गत साउन २३ गते चन्दा लगायत बिभिन्न अभियोगमा प्रक्राउ परेका विश्वकर्मालाई सर्वोच्च अदालतले छाड्ने आदेश दिइसकेको छ ।

तर, प्रहरीले बिभिन्न अभियोग लगाउँदै पुनः गिरफ्तार गर्दै आएको छ । नेता प्रकाण्डलाई गत वर्षको प्रदेशसभा निर्वाचनका क्रममा शेरधन राईको गाडीमा बम पड्काएको अभियोगमा अदालतमा उपस्थित गराउन त्यहाँ लगेको बुझिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);