प्रकाण्डलाई बिहीबार अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

प्रकाण्डलाई बिहीबार अदालतमा उपस्थित हुन सर्वोच्चको आदेश

prakanda

काठमाडौँ, ६ भदौ । नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई बिहीबार १० बजे अदालतमा उपस्थित हुन सर्वोच्चले आदेश दिएको छ ।

आज उनी अदालतमा ढिला गरी  उपस्थित भएका थिए । आज उनको मुद्दा उपर इजलास तोकेर बहस गर्ने समय नभएकाले बिहीबार बिहान १० बजे अदालतमा उपस्थित हुन भनिएको हो ।

प्रकाण्डलाई यही भदौ १ गते न्यायाधीश चोलेन्द्रशम्शेर राणा र तेजबहादुर केसीको संयुक्त इजलासले थुना मुक्त गर्न आदेश दिएको थियो । सर्वोच्चको आदेश लगत्तै उनी अदालत परिसरबाट पुन: पक्राउ परेका थिए ।

चन्दा असुली गरेको आरोपमा पक्राउ परेका उनलाई अदालतले रिहा गर्न आदेश दिए लगक्तै पुन: काभ्रेमा एनसेल टावर आगजनी गरेको मुद्दामा ‘प्रकाण्ड पक्राउ परेका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);