लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन : शेरबहादुर देउवा | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन : शेरबहादुर देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गठबन्धन गरेको बताएका छन् । बागमती प्रदेशस्तरीय कार्यकर्ता भेलालाई सोमबार सम्बोधन गर्दै प्रधानमन्त्रीसमेत  रहेका सभापति देउवाले गठबन्धन रहरले नभएर  लोकतन्त्र, संविधानको रक्षा र सुशासनको लागि गरेको बताएका हुन् ।

सोही कार्यक्रममा गठन्धनका शीर्षनेता पुष्पकमल  दाहाल प्रचण्ड, माधवकुमार नेपाल, बाबुराम भट्टराई र रामचन्द्र पौडेलले पनि सत्ता स्वार्थका लागि नभएर हालसम्मको राजनीतिक उपलब्धी रक्षाका लागि गठबन्धन गर्नुपरेको बताएका थिए । उनीहरुपछि सम्बोधन गरेका सभापति देउवाले संविधान रक्षाको लागि आफूहरुले गठबन्धन गरेको दाबी गरे । संविधानलाई स्थायी शान्तिको रुपमा लिएको बताएको र यसको रक्षाका लागि पनि गठबन्धन गरेको उनको भनाइ छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);